काठमाडौ, श्रावण २७ २०६७ ०९:१३ -
इन्टरनेटको अश्लील साइटमा रमाउनेको संख्या अस्वाभाविक रूपमा बढेपछि सरकारले यस्ता साइट ब्लक गर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक सबै कम्पनीको मुख्य द्वारबाटै यस्ता साइट नखुल्ने बनाइन लागेको हो ।
अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेकाले दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता दृश्य आउने सबै प्रकारका साइट 'ब्लक' गर्ने तयारी गरेको हो । मुलुकमा ४१ आईएसपी कम्पनी, नेपाल टेलिकम, युटिएल र एनसेलका लागि यो व्यवस्था लागू हुनेछ । टेलिकमले एडीएसएल र जीपीआरएस तथा एनसेलले जीपीआरएस इन्टरनेट सेवा दिँदै आएका छन् । यसपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले अश्लील साइटमाथिको पहुँच अवरुद्ध गर्नुपर्ने छ । आईएसपी कम्पनीको नियमन गर्ने प्राधिकरण आउँदो साता यस्ता साइट बन्द गर्न निर्देशन दिने तयारीमा छ । 'हामी छिट्टै यसबारे निर्णय गरेर आईएसपी कम्पनीलाई निर्देशन दिँदै छौं,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेेले भने, 'विद्युतीय कारोबार ऐनले यस्ता साइट चलाउन नपाउने व्यवस्था गरेको छ ।' यस्ता साइट खुला रूपमा साइबर क्याफे र घर-घरमा प्रयोग भएको अवस्थामा समाजमा नकारात्मक असर परेको र आपराधिक क्रियाकलाप बढेको उनले बताए । आईएसपीलाई लाइसेन्स जारी गर्दा अश्लील वेबसाइट बन्द गर्नुपर्ने सर्त भने छैन । अब लाइसेन्स दिँदा सर्त परिमार्जन गर्ने प्राधिकरणले तयारी गरेको छ । 'विद्युतीय कारोबार ऐनअन्तर्गत रहेर लाइसेन्समा अश्लील साइट भित्र्याउन नपाउने सर्त थप्न लागेका हौं,' न्यौपानेले भने । यसका लागि एक महिना अघि सुरु भएको प्रक्रियामा बुधबार गृह मन्त्रालय, प्राधिकरण, विज्ञान तथा प्रविधि मन्त्रालय र इन्टरनेट सेवा प्रदायकबीच सहमति भएको छ । छलफलमा सहभागी प्रहरी प्रधान कार्यालयका आईटी प्रमुख एसएसपी महेश सिंह कठायतले सबै सहमत भएकाले अब नियामनकारी निकाय प्राधिकरणको निर्देशनपछि यस्ता साइट बन्द
हुने बताए ।
Thursday, August 12, 2010
एउटै कोठामा दुइटा कक्षा
स्याङ्जा, श्रावण २७ २०६७ ०८:२९ -
दुई वर्षदेखि जगत भञ्ज्याङस्थित गणेश प्राथमिक विद्यालयमा एकै कोठामा दुई कक्षाका विद्यार्थी पढ्न बाध्य छन् । लामो समयदेखि विद्यालय भवन बन्न नसक्दा उनीहरू यसरी पढ्न बाध्य भएका हुन् ।
०६१ मा गएको पहिरोले विद्यालय पुरेपछि यहाँका विद्यार्थी र शिक्षकले सुविस्तासहित पढ्न र पढाउन पाएका छैनन् । शिक्षकले पढाइ धान्न कहिले रुखमुनि त कहिले एउटै कक्षामा सबै कक्षाका विद्यार्थी राखेर पढाए ।
शिशुदेखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा अहिले ३ वटा कोठा बनेका छन् । तिनमा शिशु र एक कक्षा, दुई र तीन कक्षा, चार र पाँच कक्षा तीन वटा कोठामा पढ्छन् ।
यसरी पढाउँदा विद्यार्थी र शिक्षक दुवैलाई गाह्रो हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक दयाराम रेग्मीले विद्यालयको अफिस कोठा अर्कैको घरमा राखिएको बताए । केही समयअघिसम्म विद्यार्थी आँपको बोटमुनि बसेर पढ्दै आएका थिए ।
रुखमुनि पढ्दा पानी पर्नासाथ घर जान पर्ने र हावाहुरी आउँदा ज्यान जोगाउनै गारो भएको प्रधानाध्यापक रेग्मीले बताए । विद्यालयमा ०६१ र ०६२ मा गएको पहिरोले कोठा चर्काएपछि मर्मत गरेर पढाइएको थियो । त्यसपछि ०६४ सालमा गएको पहिरोले पुरै विद्यालय पुरेपछि विद्यार्थी रुखमुनि पढ्न बाध्य भएका हुन् ।
दुई वर्षपहिले विभिन्न ठाउँबाट सहयोग मागेर उनीहरूले ६ कोठाको भवन डिजाइन गरे पनि तीन कोठाभन्दा बनाउन सकेका छैनन् । त्यसमा पनि गाह्रो मात्र लगाइको छ ।
रकम अभावका कारण त्यही तीन वटा कोठामा पनि झ्यालढोका हाल्न नसकिएको विद्यालय भवन निर्माण समिति अर्थात अभिभावक समितिका अध्यक्ष रमणिप्रसाद रेग्मीले बताए । उनले भने, 'हामीलाई हुनुपर्ने सहयोग भइराखेको छैन ।'
भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट दुई वर्षको रकम १ लाख ४० हजार, गाविसबाट १ लाख ५२ हजार, फूलबारी सामुदायिक वनबाट १८ हजार, फूलबारी आमा समूहबाट २० हजार र स्थानीयबासीबाट ७० हजार प्राप्त भएको छ ।

स्याङ्जा सभापतिमा देउवा पक्षधर
स्याङ्जा- नेपाली कांग्रेसको १२ औ जिल्ला अधिवेशनको सभापतिमा कमल पंगेनीले ३ सय ७६ मत प्राप्त गरेर विजय भएका छन् । निर्वाचनमा जिल्ला सभापतिका लागि कमल पंगेनी, भोजराज अर्याल र शिवकुमार गिरीको प्रतिस्पर्धा भएको थियो । ७ जनाको उम्मेदवारी परेकोमा अन्य ४ जनाले उम्मेदावरी फिर्ता लिएपछि त्रिपक्षिय प्रतिस्पर्धा भएको हो ।
पंगेनी पार्टी फुट्दा प्रजातान्त्रिकमा थिए । त्यस्तै २ सय ६७ मत प्राप्त गरेर लक्ष्मण प्रसाद भट्राई सचिवमा निर्वाचित भएका छन् । भट्राई संस्थापन पक्षका हुन् । उनले अरु ६ जनासँग प्रतिश्पर्धा गरेका थिए । त्यस्तै कोषाध्यक्षमा २०२ मत ल्याए मधुसुदन गैह्रै विजय भएका छन् । उनी पनि संस्थापन पक्षकै हुन् ।

दश हजारको तरकारी बेचेर मनाइयो युवा दिवस
स्याङ्जा, श्रावण २७ २०६७ ०५:२८ - यहाँ पित्लेकका युवाले तरकारी बेचेर बिहीबार युवा दिवस मनाए । जगतभञ्ज्याङका युवाहरुले तरकारी त सधै बेच्थे तर यस दिवसको अवसर पारेर आफ्नो गाँउको तरकारीलाई अन्तर्राष्ट्रियरुपमा बजार खोज्ने र पुर्याउने प्रण गरे । यस्को प्रमुख कारण वैदेशिक रोजगारमा जाने युवालाई रोक्नु हो ।
यस्तै प्रयासले यस गाविसका ९५ प्रतिशत युवा गाँउमै व्यवसाय गरेर बसेका छन् । दिवस भनेको काम गरेर मनाउने र त्यो उपलव्धिमुलक हुन् पर्ने जगतभञ्ज्याङका सुर्य रेग्मिले बताए । उनले भने 'हामी युवालाई हौशला हुने काम गर्छौ ।' यसरी यस पटक हौसला पाउँने युवा थिए पित्लेकका खड्क बहादुर थापा । तर उनलाई सवै जना गोरे भाई भनेर चिन्छन् ।
विदेश जान भिषा लगाएका उनलाई रोक्नको लागि पित्लेक कालिका सहकारीले निकै जोड गर्यो । युवाहरु संलग्न भएको यस संस्था सफल पनि भयो । करीव ३० हजार बुझाएर आएको भिषा समेत त्यागे गोरे भाईले । त्यो भिषा रद्ध गरेर उनी तरकारी खेतीमा लागे । २६ वर्षे उनले अहिले गाँउ मात्र हैन जिल्लालाई नै चकित पारेका छन् ।
गरे गाँउमै हुने रहेछ भन्ने सन्देश दिदै उनले भने 'मेहनत गरे यहि कमाउन सकिदो रहेछ विदेश किन जाने ?' सिँचाइको असुविधा रहेको यस गाँउमा आकाशे पानिको भरमा तरकारी खेती गर्न परेको गुनासो गर्दै थापाले भने 'हामी विनाप्लानिङ ठुला भाषण र काम गर्छौं सानातिना कुरामा ध्यान गएको छैन् ।' यस गाँउमा पानि ल्याउन सहयोग गरे युवा आफैले सवै काम गर्ने उनले बताए ।

Wednesday, August 11, 2010
Landslides hit Kaski, Syangja; 10 killed
POKHARA: Ten persons were killed today in Kaski and Syangja districts after landslide triggered by incessant rains buried their houses.
Eight persons were killed when their houses were buried in Mijuredanda and Kristi Nachnechaur VDCs of Kaski — five in Kristi Nachnechaur and three in Mijuredanda. Kaski District Police Office said Purna Bahadur Nepali (36), his wife Maya Nepali (32) and their daughters Puja Nepali (11), Priya Nepali (8) and Pratikshya Nepali (3) were killed in Kristi Nachnechaur. Nepal Police, Nepali Army and locals recovered their bodies 10 hours after the incident.
Karabir Pariyar’s three children were killed after the landslip buried his house at Gahate in Mijuredanda VDC. The deceased have been identified as Karabir’s son Rajendra Pariyar (7) and daughters Subba Pariyar (4)and Sukramaya Pariyar (3). Aaita Bahadur Pariyar and Shanti Pariyar were injured in the incident. Kaski Chief District Officer Shambhu Koirala said eight bodies had been handed over to their families. He has vowed to provide all possible support to the victims’ families.
In Syangja, a woman and her son were killed when their house in Fedikhola was buried in a landslide while they were asleep in the wee hour this morning. The deceased have been identified as Ganga Mahat (27) and Kusal Mahat (4).

Monday, August 9, 2010
गजल
मेरो आँखा हेर्दै माया, जाच्ने नगर ।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।
भेट हुन्छ आउँदा जादा, दोबाटोमा कहिलेकाही
बोलाँउदा ओठ टोकी, हास्ने नगर ।।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।
सुत्दाखेरी मेरो फोटो, साथै लिने गर्छौ रे त
लजाइ-लजाइ छातीमा त्यो, टास्ने नगर ।।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।
गीत पनि गाउछौ रे, मेरो बारे अचेल तिमी
तिम्रो मेरो मिलन सम्झी, नाच्ने नगर ।।

लजाइ तिमी मेरो काखमा, सर्दा के भुल हाम्रो ।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
तिम्रो मेरो आँखाहरु, ईशाराले बोल्दा खेरी,
दुबैको ओठ अनी नजिक, पर्दा के भुल हाम्रो ।।

देखेको भए दुनियाँले, पागल मान्छे भन्दा होलन,
एकान्तमा लुकी माया, गर्दा के भुल हाम्रो ।।

तिमी र म अंगालोमा, बेरिइ माया गर्दा खेरी
समाजको सिमा रेखा, तर्दा के भुल हाम्रो ।।

एक-अर्का लाई यती धेरै, माया गर्छौ हामी दुइ
भेटी छुट्दा हाम्रो आसुँ, झर्दा के भुल हाम्रो ।।

तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो

Subscribe to:
Posts (Atom)