Mallika Sherawat continues to make news for her global ‘exposure’. What we mean here is that she is exposing for a Hollywood film – Hisssss where she plays a snake woman. In the latest picture released from the working stills of the film, Mallika Sherawat is wearing nothing on her upper half and is hiding her assets behind the long tresses of her hair. So while posing topless, she very smartly also covers her assets to avoid any censor trouble.
We present to you some more of such Bollywood hotties who have very subtly or smartly covered their assets. Of course by assets we don’t mean the financial ones but the physical ones. So don’t get confused considering it’s the time of the year when individuals have just filed their tax-returns. Ironically these Bollywood babes only earn more revenues by covering these assets.
Wednesday, August 18, 2010
राजाको फोटो भएका नोट एक वर्षपछि नचल्ने
काठमाडौ, भाद्र २ - राजाको फोटो भएका र अन्य झुत्रा नोट सञ्चय गरिराख्नुभएको छ भने यसै वर्ष साट्नुहोला । अन्यथा राष्ट्र बैंकले सुरु गरेको सफा नोट नीतिअन्तर्गत २०६८ सालदेखि त्यस्ता नोट बजारमा चल्ने छैनन् । सफा नोट नीतिअन्तर्गत २०६७ भित्र यस्ता नोट बैंकमा बुझाई नयाँ नोट लिइसक्नुपर्नेछ ।
अहिले सजिलै साट्न पाइए पनि कारणबस यस्ता नोट आफूसँग बाँकी रहे अर्को वर्षदेखि साट्नका लागि राष्ट्र बैंक वा उसले तोकेको निश्चित ठाउँमै पुग्नुपर्नेछ । 'अर्को वर्षदेखि बैंक वित्तीय संस्थाले यस्ता नोट स्विकार्ने छैनन्,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'केन्द्रीय बैंकले तोकिदिएको स्थानमा मात्र यस्ता नोट चल्नेछन् ।'
गणतन्त्र स्थापना भएदेखि नै राजाको फोटो अंकित नोट हटाउने तयारी भइरहे पनि कार्यान्वयन हुन सकेको थिएन । तत्काल सम्भव नभएपछि त्यति बेलै ३ वर्षभित्र यस्ता नोट खिच्ने निर्णय सरकारले गरेको थियो । गत वर्ष नै केन्द्रीय बैंकले अधिकांश नोट खिच्ने प्रयास गरे पनि दसैंका बेला अभाव भएपछि पुनः तिनै नोट बजारमा पठाएको थियो ।
यस वर्ष मौदि्रक नीतिले अवलम्बन गरेको सफा नोट नीतिअन्तर्गत यस्ता नोटलाई यसै वर्षभित्र तान्ने कामलाई राष्ट्र बैंकले तीव्रता दिएको छ । निश्चित समयपछि नोटको अंकित मूल्यको निश्चित प्रतिशत मात्रै भुक्तानी गर्नेतर्फ पनि केन्द्रीय बैंकमा छलफल भइरहेको सम्बद्ध स्रोत बताउँछ ।
नीति कार्यान्वयनको पहिलो चरणमा भदौदेखि एकभन्दा बढी स्टिच भएका नोटको बन्डल केन्द्रीय बैंकले अस्वीकार गर्ने भएको छ । 'भदौ ३१ गतेदेखि एकभन्दा बढी स्टिच भएका नोटका प्याकेट राष्ट्र बैंकका कुनै पनि कार्यालयले नबुभmने व्यवस्था अनिवार्य रूपमा लागू गरिनेछ,' केन्द्रीय बैंकका प्रवक्ता गोपाल काफ्लेले भने । यसबारे राष्ट्र बैंकले सार्वजनिक सूचना पनि जारी गरिसकेको छ । यसकारण बैंक तथा वित्तीय संस्थाले नोटको बन्डलमा एक पटक मात्रै स्टिच गर्नुपर्नेछ ।
कापmलेले नोटमा लेख्ने, कोचेर राख्ने बानी निरुत्साहित गर्न थप जनचेतना जगाउने कार्यक्रम ल्याइने बताए । 'सफा नोट चलन चल्तीमा ल्याउने प्रयासस्वरूपमा स्टिच निरुत्साहित गरिएको हो,' उनले भने । नोटको सुरक्षालाई राष्ट्र बैंक ऐनले पनि प्राथमिकता दिएको छ । 'एक पटक मात्रै स्टिच गर्नुपर्ने व्यवस्थाले काममा खासै बाधा पर्दैन,' बैंकर्स संघका अध्यक्ष ससिन जोशीले भने । अहिले १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरका नोट बजारमा चलनचल्तीमा छन् ।

Tuesday, August 17, 2010
मनीषाले फिल्म निर्देशन गर्ने
गत असारको पहिलो हप्ता बिहे बन्धनमा बाँधिएकी अभिनेत्री मनीषा कोइरालाले सोमबार ४० वर्ष नाघेकी छिन्। सन् १९७० को अगस्ट १६ मा जन्मिएकी मनीषाले भर्खरै तामिल र मलायालम फिल्ममा अभिनय गरेकी छिन्। उनीद्वारा अभिनित नेपाली फिल्म 'धर्मा' रिलिजको तयारीमा छ।
दलित महिलाको रूपमा 'जय भीम' फिल्ममा अभिनय गरिरहेकी मनीषाको योजना निर्देशन गर्ने रहेको छ। एक भारतीय सञ्चारमाध्यमसँग उनले आफू भविष्यमा फिल्म निर्देशन गर्न गइरहेको बताएकी हुन्। न्युयोर्कमा फिल्म मेकिङ कोर्स अध्ययन गरेकी मनीषाले यो नयाँ जिम्मेवारी कहिले सम्हाल्नेछिन् भन्ने चाहिँ टुंगो लागेको छैन।

चिट चोराउने छतबाट खसेर घाइते-
दैलेख, भदौ १- यहाँस्थित त्रिभुवन उच्च मावि परीक्षा केन्द्रमा सञ्चालन भएको प्रवेशिका पुरक परीक्षाको तेस्रो दिन गणित विषयको प्रश्नपत्र बाँडिएको ५ मिनेटमै बाहिरिएको छ। यसरी बाहिरिएको प्रश्नपत्र फोटोकपी गर्नेको भीड नै लागेको थियो भने परीक्षार्थीले मोबाइलमार्फत् बाहिर उत्तर सोधेर लेखेका थिए।
परीक्षार्थीलाई प्रश्नपत्र वितरण गर्दै जाँदा अपुग भएपछि ३ जना परीक्षार्थीले एउटै प्रश्नपत्र हेरेर परीक्षा दिएका थिए। प्रश्नपत्र वितरण भएको २० मिनेटपछि बल्ल अपुग प्रश्नपत्र खोजतलास गर्दा प्रहरी कार्यालयमै छुटेकाले २० मिनेटपछि मात्र अरु परीक्षार्थीले प्रश्नपत्र पाएका थिए। प्रश्नपत्र बाहिरिएपछि बजारका विभिन्न पुस्तक पसलमा फोटोकपी गर्नेको घुइँचो लागेको थियो। पसललेहरुले प्रतिकपी १० रुपैयाँ लिएर फोटोकपी गरिदिएका थिए।
जिल्ला शिक्षा अधिकारी नन्दलाल पौड्यालले परीक्षा हलभित्र मोबाइल निषेध गर्ने सूचना जारी गरे पनि परीक्षा हलबाट नै परीक्षार्थीले ढुक्कसँग मोबाइलमार्फत् उत्तर सोधेर लेखिरहेका थिए।
साथै चिट चोराउने क्रममा प्रहरीले लखेट्दा घरको छतबाट हामफाल्दा रानिवन गाविस-१ लामिडाँडा गुर्जैनीका १९ वर्षीय दिनेश शाही घाइते भएका छन्। प्रहरीले पहिलो लाठी बायाँ पाखुरामा र दोस्रो लाठी खुट्टामा हानेपछि घाइते दिनेश शाहीको दुई वटै खुट्टामा गम्भीर चोट लागेको छ। घाइते आफैं पर्सि हुने विज्ञान विषयका परीक्षार्थी हुन।

Sunday, August 15, 2010
जनजातिको बन्द सकियो / एक हजार कार्यकर्ता पक्राउ परेः महासंघ
काठमाडौं, श्रावण ३० २०६७ ०५:२६ - नेपाल आदिवासी जनजाति महासंघले आहृवान गरेको देशव्यापी चक्काजाम अहिले साँझ पाँच बजेदेखि सकिएको छ । चक्काजाम सकिएपछि फाट्टफुट्ट सवारी चल्न थालेका छन् ।
आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले गतिरोध अन्त्य र संविधान निर्माणका लागि आहृवान गरिएको बन्द शान्तिपूर्ण र सफल भएको प्रतिक्रिया दिएका छन् । उनले यसक्रममा देशभरबाट एक हजार कार्यकर्ता पक्राउ परेको जानकारी दिए ।
देशभर हाम्रो बन्दलाई सवैले समर्थन र सहयोग गर्नुभयो,' बन्द सकिएपछि ईकान्तिपुरसित लेखीले भने, 'देशभरबाट एक हजार कार्यकर्ता पक्राउ पर्नुभएको छ, काठमाडौंसहित केही ठाउँमा सामान्य झडपको स्थिति भए पनि समग्रमा बन्द शान्तिपूर्ण नै भयो ।'
महासंघले शान्ति प्रक्रिया तथा संविधान निर्माणमा दबाब दिन भदौ पहिलो साता थप दबाबमुलक कार्यक्रम सार्वजनिक गर्ने भएको छ । त्यसका लागि महासंघले मंगलबार बैठक बोलाएको छ ।
बन्द सकिएपछि महासंघले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण पाठः
प्रमुख राजनीतिक दलहरु नयाँ संविधान निर्माणमा केन्द्रीत नभई कसरी सत्तामा पुग्ने भन्ने फोहोरी खेलमा मात्र लिप्त भइरहेको घटनाले दलहरु नयाँ संविधान निर्माण गर्ने कार्यमा उदासिन छ भन्ने पुष्टि हुन्छ । दलहरुको यही व्यवहार केही समय जारी रहे थपिएको एक वर्षमा पनि संविधान नबन्ने निश्चित छ । दलहरुको पछिल्लो गतिविधिले त्यो खतरा झन बढ्दै गएको छ । नयाँ संविधान निर्माणबाट मात्र आदिवासी जनजाति, महिला, दलित, अल्पसंख्यक, मुस्लिम लगायतका समुदायको हक अधिकार सुनिश्चित हुने भएकोले तोकिएको समयमा नै नयाँ संविधान जारी गर्न नेपाल आदिवासी जनाजति महासंघले लगतार रुपमा दवावमुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसक्रममा आज एक महिने आन्दोलनको अन्तिम कार्यक्रमको रुपमा देशव्यापी यातायात बन्द तथा चक्काजामको आह्वान गरेको हो ।
देशव्यापी चक्काजामको स्वतः स्फुर्त रुपमा सफल भइरहेको बेला शान्तिपूर्ण विरोध प्रदर्शनका लागि सडकमा उत्रेका आन्दोलनकारीमाथि सरकार बर्बर दमनमा उत्रेको छ । यसक्रममा राजधानीमा मात्रै करिब २ सय जना आदिवासी जनजाति नेता कार्यकर्ता पक्राउ परेका छन् भने देशभर गरी १ हजार बढी पक्राउ परेका छन् । यस्तै शान्तिपूर्ण आन्दोलनका दर्जनौ सहभागीहरु प्रहरी कुटपिटका कारण घाइते समेत भएका छन् ।
प्रदर्शनका क्रममा महासंघका उपाध्यक्षहरु नोर्वु घले, इन्दिरा जिमी याक्खा, महासचिव आङकाजी शेर्पा, सविच कुमार ल्बोन, कोषाध्यक्ष डण्डु शेर्पा लगायत पक्राउ परेका छन् । यस्तै महिला महासंघकी अध्यक्ष चन्द्रकला गुरुङ, विद्यार्थी महासंघका अध्यक्ष नविन लिम्बु, उपाध्यक्ष रोहीत गुरुङ, तामाङ घेदुङका अध्यक्ष धनबहादुर तामाङ, गुरुङ राष्टिय परिषदका महासचिव रेशम गुरुङ लगायत सयौं आदिवासी जनजाति नेता कार्यकर्ताहरु राजधानीको विभिन्न स्थानबाट बिहानै पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सातदोबाटोबाट किराँत राई यायोक्खाका अध्यक्ष चतुर्भक्ता राई, उपाध्यक्ष दुर्ग राई, सचिव दिवश राइर्, केन्द्रीय सदस्यहरु जयन्ती राई, भोगीराज राई, देवीभक्त राई पक्राउ परेका छन् । यस्तै सुमन राई, जनक राई, धिरेन्द्र रुम्जाली, खिलाराज राई भद्रगोल किराँती, कपील राई, सन्तोष राई, पुरन राई, रविन राई, ध्रुव कुमार राई सन्तोष राई सात दोबाटोबाट पक्राउ परेका छन् ।
यसैगरी कलंकीबाट पक्राउ पर्नेहरुमा नेपाल मगरसंघका महासचिव गंगा थापा मगर, राजेन्द्र थापा मगर, ज्ञानेन्द्र पुन मगर, शिवचन्द्र मण्डल शुक्र मण्डल, महेन्द्र थापा मगर, विष्णु रग्मीमगर, नरबहादुर मगर , माधाव दर्लामी मगर, नरेन्द्र थापा मगर , होमराज खपाङ्गी मगर, हरि पाटामगर , सुस्मिता थापा, गणेश थापा मगर, प्रेम बहादुर रेश्मी मगर लगायत पक्राउ परेका छन् ।
यसैगरी बालजुबाट पक्राउ पर्नेहरुमा विजय लोप्चन, पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, पृथ्वीमान गुरुङ, विशाल तामाङ, के बी गुरुङ, नन्दराज गुरुङ, मनकुमारी गुरुङ, भगवती गुरुङ, दिलिप सिंह गुरुूङ, गंगा बहादुर गुरुङ, फुरसिंह गुरुङ, मनलाल गुरुङ, जनु थकाली, जगत बराम, राहीत गुरुङ, राम गुरुङ, बाधराज गुरुङ, गजेन्द्र छन्त्याल लगायत पक्राउ परेका छन ।
यसैगरी महाराजगन्ज चक्रपथबाट सर्वधन राई सुभाष राई, मुगाशेर राई, राजकुमार बुढामगर, राजेन्द्र थापा लगायत पक्राउ परेका छन् भने् बौद्धबाट भुजुङ योल्मो, पेमादोर्जे ह्याल्मो, दावा साङबो ह्योल्मो, कृष्ण श्रेष्ठ, दिलिप लामा, अनिष लामा, लाक्पा शेर्पा, वाङछु शेर्पा नोर्साङ शेर्पा कुरुङ ह्याल्मो, साकी शेर्पा, फुरीता शेर्पा, कर्म शेर्पा , लवाङ घ्याम्छो् तामाङ र आङ दोर्जे शेर्पा पक्राउ परेका छन् । यस्तै नयाँ बानेश्वरबाट हुरीलाल चौधरी र अवधेश राना थारुलाई पक्राउ गरेको छ।
आदिवासी जनजाति महसंघको शान्तिपूर्ण आन्दोलन दवाउन सरकारबाट भएको यो बर्बरतापूर्ण रबैयाको महासंघ घोर भत्सर्ना गर्दछ । शान्तिपूर्ण आन्दोनलमा उत्रेका आदिवासी जनजातिहरुलाई उत्तेजित बनाएर परिस्थितिलाई जटिलता बनाउन खोज्ने यसप्रकारको हरकतको निन्दा गर्दै पक्राउ परेका सबैलाई तत्काल बिना सर्त रिहाइ गर्न महासंघ सरकारलाई आग्रह गर्दछ । आफ्नो हक अधिकार स्थापनाको लागि शान्ति पूर्ण आन्दोलनमा उत्रिएका आदिवासी जनजातिमाथिको यो दमन जारी रहे आगमी भदौ पहिलो साताबाट थप सशक्त आन्दोलन घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिन चहान्छ ।
अन्त्यमा, महासंघको एक महिने आन्दोलनको अन्तिम कार्यक्रमको रुपमा आयोजना भएको चक्काजाम तथा यातयात बन्द कार्यक्रमलाई सफल पर्न सहयोग पुर्याउनु हने सम्पूर्ण नेपाली नागरिक, पेशा व्यवसायीहरु तथा आदिवासी जनजाति समुदायमा हार्दिक आभार व्यक्त गर्दै संविधान निर्माण सुनिश्चितको लागि जारी रहने नेपाल आदिवासी जनजाति महासंघको आगमी कार्यक्रमहरुलाई पनि सफल पार्नको लागि अनुरोध गर्दछु । धन्यवाद ।
....................
राजकुमार लेखी थारु
अध्यक्ष

Subscribe to:
Posts (Atom)