hit counter

Tuesday, August 31, 2010

छोराका लागि ८६ वर्षमा बिहे

गणेशपुर -डडेलधुरा, भाद्र १० - तीन-तीन वटीसँग झ्याइँ पारिसकेका यहाँका एक वृद्धले चौथोपटक विवाह गरेका छन् । छोरा पाउने चाहनामा गणेशपुर गाविस चम्सालका ८६ वषर्ीय गोपालबहादुर मल्लले पछिल्लो दुलही भित्र्याएका हुन् । अघिल्ला तीन वटीबाट जन्मेका सन्तान एकपछि अर्को गर्दै मृत्यु भएपछि आफूले चौथो विवाह गरेको उनी बताउँछन् । २० वर्षको ठिटो छँदा उनले पहिलो विवाह गरेका थिए । अहिले राम्र आँखासमेत देख्न नसक्ने उमेरका उनले आफूभन्दा ४३ वर्ष कम उमेरका कान्छीलाई सिउँदोमा सिन्दुर हालेका हुन् । 'आफ्नी श्रीमतीहरूबाट कुलको नाम राख्न जन्मेका जति सबैको मृत्यु भएपछि यो उमेरमा फेरि बिहे गरेको हुँ' मल्लले भने, 'कान्छीबाट वंश राख्ने सन्तान कसो नपाइएला ?'

उनका अनुसार पहिलो श्रीमतीबाट जन्मेका सबै सन्तान मरे, दोस्रोबाट जन्मेका एक छोरा र छो पनि परलोक भए । मल्ल थप्छन्, 'तेस्रो श्रीमतीबाट कुनै सन्तान नजन्मेपछि छोराकै लागि मैले ४३ वषर्ीयालाई अपनाएको हुँ, गाउँ समाजले धेरै पहिलादेखि विवाह गर्न भन्दै आए पनि बाहिरका मान्छेले थाहा पाए बहुलायो भन्लान् भनेर मैले उमेर छँदै चौथोलाई भित्र्याउनचाहिँ सकिन ।' उनले आफूभन्दा झन्डै आधाजति कम उमेरकी महिलालाई भित्र्याउँदा भने अलिक नरमाइलो लागेको बताए । 'मेरा कोही सहारा थिएनन्, मैले सहारा पाएँ, उहाँलाई सन्तान चाहिएको रहेछ, त्यसैले यो विवाह गरेकी हुँ, यो बिहे होइन एउटा सम्झौता हो' गोपालबहादुरसँग पछिल्लो बिहे गरेकी कलावतीले कान्तिपुरसँग भनिन्, 'मलाई सामाजिक र आर्थिक संरक्षण चाहिएको थियो, मैले उहाँले चाहेबमोजिम सन्तान जन्माउन सके विवाह सफल हुने थियो ।'

गोपालबहादुर कलावतीको 'चोखो' माया, व्यवहार र सेवा पाएर मख्ख मात्रै होइन दंग पनि छन् । उनी भन्छन्, 'यो कुन जन्मको पुण्यले हो, मर्ने बेलामा मैले औधी माया गर्ने जीवनसंगिनी पाएँ, उनको साथ पाएर म अरू केही वर्ष बाँच्छु भन्ने आस पलाएको छ ।' परिवार नियोजनदेखि बहुविवाहसम्मका सबै कुरा थाहा पाएका/बुझेका गोपालले चौथी श्रीमती विवाह गर्दासम्म उन्ाका अरू श्रीमतीले न त कुनै उजु गरे न कुनै गुनासो नै । 'छोरो भएन भने हामी पनि कस पार हौंला' गोपालकी तेस्री श्रीमतीले भनिन्, 'हामीबाटै सन्तान बाँचेका भए उहाँले विवाह गर्नै पर्दैन्थ्यो ।' मल्लकी चौथी श्रीमतीभन्दा झन्डै २५ वर्ष जेठी पहिलोले आफ्नै बूढाद्वारा सौता भित्र्याउँदा उनले टीकाटाला गदिएकी थिइन् । तीन श्रीमतीमध्ये एकको मृत्यु भइसकेको छ भने अर्की गोपाललाई छाडेर बेग्लै बसिरहेकी छन् । गोपालबहादुर भन्छन्, 'छोराले काजकिरिया र श्राद्ध नगरेसम्म पार भइँदैन भन्छन्, त्यसका लागि पनि यो विवाह मैले गरेको हुँ, बुढ्यौलीमा पनि छोरा पाइएला कि भन्ने आस छ मलाई ।'

No comments:

Post a Comment