hit counter

Saturday, August 28, 2010

कसैलाई ग्यास्टिक कसैको प्रेसर लो

अघिल्लो वर्ष साउने सोमबारमा व्रत बसेकी नायिका झरना थापा यस वर्ष ग्यास्टिकको समस्याका कारण व्रत बस्न सकिनन् । ढल्ने गरेर नै त व्रत बस्न भएन नि झरना भन्छिन्, ‘व्रत नबसे पनि साउनभरी माछा, मासु खान्न, मिलेसम्म सोमबार पशुपतिनाथको मन्दिर जान्छु ।’ प्रायः सोमबार व्रत बस्दा राम्रो हुने पनि उनको अनुभव छ । सकारात्मक सोच लिएर व्रत बस्नु पर्ने धारणा राख्ने झरना स्वास्थ्य नै बिग्रने गरी व्रत बस्न नहुनेमा जोड दिन्छिन् । झरना व्रत नबसे पनि उनका निर्माता श्रीमान सुनिलकुमार थापा भने साउनभरी निष्ठापूर्वक व्रत बसेका छन् रे ?




झरनासँग मिल्दोजुल्दो विचार राख्ने अर्की नायिका अरुणीमा लम्साल पनि व्रतको नाममा स्वास्थ्यमाथि नै खेलाची गर्न नहुने धारणा राख्छिन् । अहिलेसम्म साउने सोमबारमा व्रत नबसेकी अरुणिमा भन्छिन्, ‘प्रेसर लो छ, व्रत बस्यो भने त माथि नै गइन्छ ।’ प्रेसर लोका कारण केही समयअघि उनी आफ्ना बाथरुममा ढलेकी पनि थिइन् रे । भोकै त बस्नै सकिन्न, उनी भन्छिन्, खाँदा टाइम मिल्नुपर्छ । विवाहपछि ऋषिपञ्चमीको व्रत बसेको स्मरण गर्दै अरुणिमा भन्छिन्, स्कुल, कलेज पढ्दासमेत व्रत बसिएन् ।
हिन्दु परम्परामा विशेषत महिला साउन महिनाको सोमबार व्रत बस्ने मात्र होइन, पूरै समय हरियो, पहेँलो चुरामा सजिने गर्छन् । अविवाहितले राम्रो श्रीमानको कामना र विवाहितले श्रीमानको आयुका लागि व्रत बस्ने परम्परा छ । यो परम्परालाई धार्मिक आस्थासँग जोडिए पनि कतिपय ‘फिटनेस’ का लागि ब्रत बस्दै आएका छन् । यस मामिलामा महिला मात्र होइन, पुरुष पनि अघि नै छन् ।

नव नायिका केकी अधिकारी आस्थाका कारण मात्र होइन ‘गुड हेल्थ’का लागि पनि व्रत गर्छिन् । साउनमा व्रत बस्दा एकतिरले दुई निशाना हुने उनको ठम्याइ छ । आस्थाका हिसाबले व्रत बस्ने र फिटनेसका हिसाबले खानपानमा ध्यान दिने । साउन महिनाभरी माछा, मासु नखाने उनी भन्छिन्, ‘पहिलेदेखि नै साउने सोमबारमा व्रत बस्दै आएको छु । व्रत बस्दा राम्रो श्रीमान पाइने लोभ पनि उनलाई छ ।

व्रत बस्ने मामिलामा नायिका पुजना स्त्री अन्यभन्दा एक कदम अघि नै देखिइन् । यो वर्षको अन्तिम सोमबार सकिएपछि मेरो १६ सोमबारको व्रत सकिन्छ- पुजना भन्छिन, सोमबार एक गिलास दूध र पानी मात्र पिउँछु । अरूहरू राम्रो श्रीमान पाउनका लागि व्रत बस्लान् म त परमेश्वर शिवजीलाई नै पाउन व्रत बसेकी छु । व्यक्ति व्यक्तिको प्रेम मिथ्या भएको आर्दशका कुरा गर्ने पुजनाले संसारका कुनै पुरुषलाई योग्य देखेकी छैनन् रे । विदेशमा भएकाले नायिका नन्दिता केसीले यस पटकको साउने सोमबारमा व्रत लिन भ्याइनन् । सुरुको सोमबार बाहिर थिएँ, लिन भ्याइन तर पशुपतिनाथको मन्दिरमा जान्छु, नन्दिताले प्रस्ट पारिन् ।

गायिका रेश्मा सुनुवार भने विगत आठ वर्षदेखि साउने सोमबारमा व्रत बस्दै आएकी छिन् । बेलुका एक छाक खाना खाने रेश्माले साउनको सोमबार छोडी अरू दिन भने माछामासु खान्छिन् । व्रत बस्दा राम्रो हुने भएकाले यसलाई निरन्तरता दिएको बताउने रेश्मा भन्छिन्, ‘केही उद्देश्य लिएर नै व्रत बसिन्छ ।’

No comments:

Post a Comment