चलचित्र 'पलपल' निर्देशन गरेर सेक्सी निर्देशकको उपाधी पाएका निर्देशक उकेश दाहालले नेपाली चलचित्रका महानायक राजेश हमाललाई नायिकाको नाङ्गो फोटो बनाउने डि्रम व्वायको रुपमा चलचित्रमा उतार्ने भएका छन् ।
दाहालकै निर्माण र निर्देशनमा बन्न लागेको चलचित्र 'किन किन ?' मा नायक हमालले सपनामा नायिकाको नाङ्गो तस्विर बनाएको देख्ने छन् । अहिलेसम्म बिबाह नगरी बसेका नायक हमाललाई उमेर ढल्किसक्यो बिहे नगर्ने भनेर सोध्दा उनको जवाफ हुन्थ्यो, 'तन बुढो भए पनि मन बुढो हुादैन' । उनले दिने यो उत्तर नै यस चलचित्रको मुख्य कथाबस्तु हुने निर्देशक दाहालले जानकारी दिए । नायक हमालले सपनामा नायिकालाई नाङ्गो देखे पनि दर्शकले भने चलचित्रको पर्दामा नायिकालाई नाङ्गो नै देख्ने छन् तर यस्तो दृश्य दिने नायिका भेटिएलान् त ? निर्देशक दाहाल भने यस्ती नायिका भेटिने कुरामा ढुक्क छन् । यसभन्दा अगाडी पुरुष बेश्याको कथामा चलचित्र 'पलपल' मा निर्माण गरेका दाहालले यो चलचित्रमा पलपलमाको भन्दा पनि बढि उत्तेजक दृश्यहरु राखिने जानकारी दिए । चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, दिलिप रायमाझी, सुमन सिंहले अभिनय गर्ने पक्का भईसकेको र चलचित्रका लागी नाङ्गो दृश्य दिन सक्ने नायिकाको खोजी भईरहेको निर्देशकले जानकारी गराए ।
No comments:
Post a Comment